logo-img

आफ्ना सांसदलाई एमालेको ह्विप : प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिनू
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । 

प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार प्रधानमन्त्री दाहालले यही २८ असारको संसद् बैठकमा विश्वासको मत लिन लागेकाले उक्त दिन अनिवार्य उपस्थित भएर विपक्षी मत दिन एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो । 

गत १७ असारको मध्यराति नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि एमालेले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारबाट बाहिरिने घोषणा गरेको थियो । 

आलोपालो सरकार चलाउने सहमतिअनुसार एमालेले पहिलो चरणमा सरकारको नेतृत्व गर्ने तयारी गरेको छ ।





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया