logo-img

सरकारलाई कांग्रेसको आग्रह - बाढी पहिरो पीडितको तत्काल उद्धार गरियोस्

नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएका समस्याप्रति तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ । 

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी दर्जनौँ नागरिकले ज्यान गुमाइसकेको, ठूलो संख्यामा नागरिकहरू घाइते, बेपत्ता भएको भन्दै उनीहरूको उद्धारको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो । 

सम्पर्क विहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न पनि नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ । 

यस्तै, प्रभावित जिल्लाका नेपाली कांग्रेसका भ्रातृ संगठनमा रहेका सदस्यहरूलाई पनि उद्धार र राहतको कार्यमा सहयोग गर्न अपिल गरेको छ ।  





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया