logo-img

एमालेमा ‘एक व्यक्ति एक जिम्मेवारी’ लागू हुने, ओलीले भने पार्टी र संसदीय दुवै मोर्चा सम्हाल्ने

नेकपा एमालेले 'एक व्यक्ति एक पद लागू' गर्ने भएकाे छ । अध्यक्ष केपी शर्मा ओलीका हकमा भने याे प्रावधान लागू हुने छैन । 

बुधबार बसेको एमाले सचिवालय बैठकले नेताहरूकाे नयाँ जिम्मेवारीको आधार तयार गरेको छ । यसअघि गत असारमा एमालेले नेताहरूकाे जिम्मेवारी हेरफेर गर्दै फरक-फरक भूगोल र क्षेत्रको जिम्मेवारी दिएको थियो । एक वर्षकाे कामकाे मूल्यांकन गर्दै नेताहरूलाई नयाँ जिम्मेवारी दिइन लागेकाे हाे । 

आजको बैठकले नयाँ कार्य विभाजनको आधार तयार पारेको छ । जसअनुसार अब नेताहरूले दोहोरो जिम्मेवारी पाउने छैनन् । ‘एक व्यक्ति, एक जिम्मेवारी' नीतिका रूपमा निर्णय भएकाले अब सरकारमा जानेहरूले पार्टी पदीय जिम्मेवारी छाड्नुपर्नेछ । 

अध्यक्ष केपी शर्मा ओलीले भने पार्टी अध्यक्ष र संसदीय दलको नेता दुवै जिम्मेवारी सम्हाल्नेछन् । कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने सहमति भइसकेकाले उनले पार्टी र संसदीय मोर्चाको नेतृत्व गर्नेछन् ।

एमालेले २०५१ सालबाटै एक व्यक्ति, एक पदकाे नीति लिएकाे थियाे । तर, पछि साे नीति कार्यान्वयन हुन सकेकाे थिएन । अब स्थिर सरकार निर्माण हुने भएपछि एमालेले साे नीति पुनः लागू गर्न लागेकाे हाे । 
 





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया