logo-img

माओवादी बैठकमा प्रधानमन्त्रीकाे ब्रिफिङ : केपी ओलीले ढाँटछल र षड्यन्त्र गरे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढाँटछल र षड्यन्त्र गरेको आराेप लगाएका छन् । माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा ब्रिफिङ गर्दै उनले १७ असारको बिहान दुई नेताबीच भएकाे कुराकानीबारे जानकारी गराएका थिए । 

करिब ३ घण्टा भएकाे कुराकानीका क्रममा प्रचण्डले कांग्रेस र एमालेबीच भएकाे सहमतिबारे जिज्ञासा राखेका थिए । त्यसबेला आफूले तपाईं प्रधानमन्त्री बन्ने हो भने म राजीनामा दिन्छु भनेको तर ओलीले गठबन्धन फेर्न लागेको होइन भनेर आफूलाई आश्वस्त पारेको प्रचण्डले बैठकमा बताए ।

सरकारलाई प्रभावकारी बनाउने, राजनीतिक नियुक्तिबारे टिओरआर बनाउनेलगायत विषयमा ओलीसँग साैहार्द्र कुराकानी भएकाे तर उनले ढाँटछलको राजनीति गरेको प्रचण्डकाे ब्रिफिङ थियाे । ओलीले कांग्रेससँगकाे सहमतिबारे केही नबताएपछि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सोध्दा उनले 'सहमति भइसक्यो, यसपटक सरी' भनेर जवाफ दिएकाे प्रचण्डकाे भनाइ थियाे । 

एमालेसँग गठबन्धन गर्नुको उद्देश्य वाम एकता भएको भन्दै प्रचण्डले तत्कालका लागि आफ्नाे पार्टीलाई नोक्सानजस्तो देखिए पनि दीर्घकालमा एमालेलाई नै नोक्सान गर्ने दाबी गरेका थिए । उनले संविधानको रक्षा र कार्यान्वयनका लागि पनि २८ गते विश्वासको मत लिन लागेको र यसले राष्ट्रपतिलाई पनि नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न सहज बनाउने तर्क गरेका थिए । 

प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएमा सरकार निर्माणकाे प्रक्रिया धारा ७६(३) मा जाने दाबी गर्दै उनले राष्ट्रपतिले त्यही गर्नेमा आफू विश्वस्त रहेकाे 
प्रधानमन्त्रीकाे भनाइ थियाे । 





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया