रौतहटमा एक युवकको धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा शव फेला परेको छ । इशनाथ नगरपालिकामा–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलमको हत्या गरेर अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मियालाई अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । एकै समूहमा बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि गएराति हत्या भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
उनका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ । इशनाथ नगरपालिकाको कार्यालय अगाडिको आप बगंचामा मियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यस अघि यमुनामाई गाँउपालिका- ४ मा रहेको झाँझ खोलमा अन्दाजी ३० वर्षिया महिलाको शव फेला परेको थियो । पानीमा महिलाको शव रहेको भन्ने सूचना आए पछि सशस्त्र प्रहरी बल, नेपाल बिओपी बेलविछवाबाट विपद् उद्धारका सामग्री सहित टोली परिचालन भएको थियो । मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
हिजो बुधबार नै माधवनारायण नगरपालिकाको वडा नं. ९ गढौ स्थित बागमती नदीको किनारमा नाम वतन नखुलेको अन्दाजी ५३ वर्षीय एक पुरुषको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहट यी सबै घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।