logo-img

पीडितको कुरा सुन्ने र समस्याको बारेमा खोजीनिती गर्दै छौँ : सहकारी छानबिन समिति

संसदीय सहकारी छानबिन समितिले सहकारी क्षेत्रमा देखा परेका समस्यामा १५ भन्दा बढी श्रृखलामा छलफल गरेको जनाएको छ । समितिले राष्ट्र बैंकका गभर्नर, वित्तीय क्षेत्रका नेतृत्वकर्ता तथा नेपाल प्रहरीको अनुसन्धान विभागसँग छलफल गरेको प्रस्ट पारेको हो ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सूर्य थापाले समिति पीडितहरूको कुरा सुन्ने र समस्याको बारेमा खोजीनिती गर्ने कुरामा अग्रसर हुने बताए ।  

उनले भने, ‘यो संसदीय छानबिन समिति हो, यसले कुनै उच्चस्तरीय सिआइवीको जस्तो काम गर्दैन । सुरक्षाकर्मीको जस्तो काम गर्दैन तर यो समितिले समस्या खोज्छ र पीडितहरूको कुरा सुन्छ ।’

साथै, उनले सिङ्गो सहकारी क्षेत्र ठगीमा संलग्न नभएको पनि  जिकिर गरे । उनले भने, ‘सिङ्गो  सहकारी क्षेत्रमा यो समस्या छैन, हामीले  सहकारी  क्षेत्रका ठूला व्यक्तित्व सँग पनि छलफल  गरिसकेका छौँ । उहाँहरूले राखेको  राय  अनुसार  यो  ३१ हजार ३ सय ७३  सहकारीको समस्या होइन तर यो केही मात्र सहकारीको समस्या हो ।’ 

बुधबारको बैठकमा सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । उनीहरूले सहारा बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा १ अर्ब रुपैयाँ लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उपप्रधान तथा गृहमन्त्री लामिछाने उपर पनि छानबिन आवश्यक रहेको बताए ।    





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया