logo-img

जनसङ्ख्या वृद्धि नियन्त्रणमा राख्न चुनौती नै चुनौती

नेपालसहित विश्वभर आज बिहीबार विश्व जनसङ्ख्या दिवस मनाइँदै छ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको अवसरमा आजको दिनलाई विश्व जनसङ्ख्या दिवस मनाउन थालिएको हो । 

विश्व जनसङ्ख्या दिवस मनाइरहँदा विश्वका लागि जनसङ्ख्या मुख्य चुनौती बन्ने देखिएको छ । यद्यपि कुनै देशमा भने जनसङ्ख्या वृद्धिको ऋणात्मक सङ्कुचन अर्को चुनौती बन्दै गएको छ । जनसङ्ख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विश्वव्यापी बहसको विषय बन्दै गइरहेको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको जनसङ्ख्या करिब तीन करोड पुगेको छ । जसमध्ये पुरुषको तुलनामा महिलाको जनसङ्ख्या धेरै रहेको छ ।

पछिल्लो दशकमा नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । यो जनसङ्ख्या वृद्धिदर त्यति धेरै चुनौतीको विषय होइन तर जनसङ्ख्या वृद्धिको अनुपात नियन्त्रणमै राख्नुपर्छ भन्ने जनसाङ्ख्यिक मान्यता रहेकाले नियन्त्रणमा ध्यान दिनु जरुरी रहेको बताइन्छ ।

संयुक्त राष्ट्रसंघको प्रक्षेपणअनुसार विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ । सन् २०२२ मा नै विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको थियो । जसमा सबैभन्दा बढी जनसङ्ख्या चीनको रहेको छ । 





  • प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया