logo-img

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको शुक्रबारको  बैठकमा विश्वासको मत लिँदैछन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज आफ्ना सबै सांसदलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले लिने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । 

‘मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन ह्विप जारी गरिन्छ।’ पार्टीका प्रमुख सचेतक रमेश लेखकद्वारा जारी ह्विपमा उल्लेख छ । 





  • प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया