logo-img

राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो । आज अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । 

अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

आजको बैठकमा बजेट आश्रित तीन विधेयक पारित गर्न अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । 

प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूची नयाँ सरकार गठन गर्न दुई प्रमुख दलबीच समझदारी भएसँगै प्रभावित भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।ख





  • प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया