logo-img

देशमा आर्थिक स्थायित्व बढाउने गरी मौद्रिक नीति ल्याउँछौँ : गर्भनर

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको समग्र आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् । 

बिहीबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल(इमान)ले काठमाडौंमा आयोजना गरेको आगामी मौद्रिक नीतिबारेको छलफल कार्यक्रममा उनले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल गर्ने र वित्तीय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका हुन् । 

उनले भने,‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै गर्दा देशको समग्र आर्थिक स्थायित्व कसरी बढाउन सकिन्छ भन्ने नै हो । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ, वित्तीय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ, सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ भनेर नै तयारी गरिरहेको छौँ । जसले गर्दा बैंकिङ सिस्टम आकर्षक बनाउन सकून् भन्ने हो ।’ 

उनले विदेशी मुद्रा कुनै पनि चाहिएको बेला अप्ठ्यारो नपरोस् भनेर बाह्य क्षेत्रलाई कसरी सबल बनाउने भन्नेतर्फ पनि ध्यान दिएको जानकारी दिए । 





  • प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया