logo-img

जसपाको दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा

जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । 

गत जेठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष यादवले आज दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् । 

अध्यक्ष यादवद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार केन्द्रीय कार्यकारिणी समिति सदस्यमा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापामगर रहेका छन् । 

यस्तै, केन्द्रीय समिति सदस्यमा अमरेश नारायण झा, अर्जुन थापा, अशेश्वर यादव, अशोककुमार यादव, अनिरुद्रप्रसाद सिंह, अमरनाथ मण्डललगायत छन् । जसपाले अध्यक्ष, कार्यकारिणी समिति सदस्य र केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको हो । 

पार्टीको बाँकी पदाधिकारी चाँडै टुंगो लगाइने सो पार्टीले जनाएको छ । जसपामा अध्यक्षसहित सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक हुने व्यवस्था छ ।





  • प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया