logo-img

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, कस्तो छ अंकगणित ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।  नेकपा एमालेसहितका पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । 

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार आज विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, तर अहिलेसम्म प्रधानमन्त्री दाहालसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । कांग्रेस-एमालेसहित अन्य साना केही दलहरू समेत दाहालको विपक्षमा उभिएका छन् । जसले त्यसैले प्रधानमन्त्री दाहालले विश्वासको मत नपाउने निश्चित छ ।

दाहाल पछिल्लो पटक ११ पुस २०७९ मा प्रधानमन्त्री बनेका थिए । उनले आजको सहित गरेर यो कार्यकालमा पाँचौ पटक संसदबाट विश्वासको मत लिन लागेका हुन् ।  





  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया