logo-img

बढ्यो डलर, युरो र कतारी रियालको मूल्य

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज  बेलायती पाउण्डको बिक्री दरले १७२ रुपैयाँ पार गरेको छ । अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर सामान्य बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ शून्य पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७३ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 





  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया