logo-img

देश माफियाको अधीनमा जाने खतरा बढ्यो, कांग्रेस-एमाले सुशासनसँग डरायो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पनि जनता नजागे देश माफियाको अधीनमा जाने खतरा बढेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले एउटा बर्गले देशको पहिलो र दोस्रो दललाई मिलाएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले जनताले अब आफ्नो शक्ति देखाउने समय आएको बताएका छन् ।

अब पनि जनताले आफ्नो शक्ति नदेखाएको खण्डमा देश माफियाको अधीनमा जाने खतरा बढेको बताएका हुन् । त्रिविको जग्गा खोज्न थालियो एउटा समूह डरायो, बाँसबारी जग्गा प्रकरण, ललितानिवास, बाल मन्दिर जग्गा प्रकरणलगायतका प्रकरणमा अनुसन्धान थाल्दा वर्तमान सरकार ढल्ने प्रक्रियामा गएको प्रधानमन्त्री दाहालले बताए । 

भ्रष्टाचारका फाइलहरू खोल्दा शक्ति सन्तुलन नै खलबलिएको प्रधानमन्त्री दाहालको भनाई छ । प्रधानमन्त्री दाहालले सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको समेत बताए । 
 





  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया