logo-img

‘म प्रधानमन्त्री नरहुँला त्यसमा चिन्ता छैन, तर पछिल्ला नाटकीय घटनाक्रमबाट चिन्तित छु’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् ।  

उनले बैठकमा बोल्दै भने, ‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला या नपाउँला, म  प्रधानमन्त्री रहुँला या नरहुँला त्यसमा म विल्कुल चिन्तित छैन ।  म पहिलो  चोटि  प्रधानमन्त्री हुँदा खेरी  नै कति दिन हो त्यो  मलाई त्यति सरोकारको  विषय होइन, पुरै अवधि त म जान्न भन्ने मैले राजनीतिक अनुमान नै  लगाइसकेको  थिए । तर म  चिन्तित यसमा छु कि पछिल्ला नाटकीय घटनाक्रमबाट ।’

साथै  उनले  संसद्को पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमाले विश्वास र  निश्चित उद्देश्यले जोडेको भए चिन्ताको विषय नहुने उल्लेख गरे । उनले  एमाले र  कांग्रेसलाई डरले मात्र जोडेको जिकिर गरे । 





  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया