logo-img

प्रचण्डको प्रस्ताव- संविधान संशोधन गर्ने नै भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऊँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आग्रह गरेका छन् । उनले संविधान संशोधन गर्ने हो भने खुला छलफल गर्न आह्वानसमेत गरेका छन् ।

उनले भने, ‘म भन्न चाहन्छु, ४७ सालदेखि ६३ सलसम्म तपाईँहरूले भनेको जस्तै व्यवस्था र अवस्था थियो नि । स्थायित्व थियो त त्यति बेला ? १६ वर्षमा १५ वटा सरकार बनाउने तपाईँहरू नै होइन ? स्थिरता हो त्यो ? समानुपातिक समावेशी नभएपछि सबै ठिक हुन्छ ? संविधान संशोधन नै गर्ने हो भने आउनुस् खुला छलफल गरौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऊँ । दलित र महिलाको प्रतिनिधित्व अझै बढाऊँ । विपन्न वर्गको पहुँच बढाएर लैजाऊँ ।’  





  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया