logo-img

प्रधानमन्त्री प्रचण्डको दाबी- शिक्षा क्षेत्रमा दलीयकरण अन्त्य गर्‍यौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको दलीयकरण अन्त्य  भएको  बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् ।  

उनले बैठकमा बोल्दै भने, ‘लामो समयसम्मको दलीयकरणले जताततै फोहोर  थुप्रिएको विश्वविद्यालयहरूमा अब सफाइ सुरु भएको छ भन्ने मेरो दाबी छ ।’

साथै उनले विश्वविद्यालयको सुधार उपकुलपति नियुक्तबाटै नै गरेको बताए । उनले  निकै छोटो समयमा त्यसको परिणाम पनि सकारात्मक आएको जिकिर  गरे ।  उनले भने, ‘विद्यालयमा शिक्षकहरूको दलीय संलग्नतालाई कम गर्ने कुनै पनि पदाधिकारी राजनीतिक हस्तक्षेप बिना योग्यता र उपयुक्तताका आधारमा चयन गर्ने मानक फेरी भत्काइयो भने देश र जनताका लागि ठुलो घात हुनेछ । ’

साथै उनले शिक्षालाई रोजगारीसँग जोड्न र सामुदायिक विद्यालयलाई सक्षम र सबल बनाउन अहिले भइरहेका प्रयासहरूलाई कसैले नबिथल्न आग्रह गरे ।
 





  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया