logo-img

गगन थापा भन्छन्- ‘हाम्रो शासकीय मनोवृत्ति विडम्बनापूर्ण छ’
फाइल तस्बिर

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपालमा आपतकालीन र दीर्घकालीन नीतिको आवश्यकता रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया लेख्दै उनले घटना घटेपछि मात्र संवेदनशील हुने शासकीय मनोवृत्ति विडम्बनापूर्ण रहेको भन्दै दीर्घकालीन नीति बनाएर सोहीअनुरूप पूर्वतयारी र द्रुत गतिमा काम गर्न आवश्यक भएको बताए । 

यस्तै थप दुर्घटनाको प्रतीक्षा गरिरहने नियति देखिए पनि आफू यो अवस्था बदल्ने प्रयासमा रहेको बताए । 

‘घटना घटेपछि मात्र संवेदनशील हुने तर घटना हुन नदिन र भइहाले थप क्षति हुन नदिन आवश्यक पूर्वतयारी नगर्ने हाम्रो शासकीय मनोवृत्ति विडम्बनापूर्ण छ । भौगोलिक संवेदनशीलता ध्यानमा राखेर आपत्कालीन र दीर्घकालीन नीति बनाउने अनि त्यस अनुरूप पूर्व तयारी र द्रुत गतिमा काम गर्ने कुरामा अझै ढिलाई गरिरह्यौँ भने यस्तै थप दुर्घटनाको प्रतीक्षा गरिरहने हाम्रो नियति हुनेछ । यो अवस्था बदल्न मेरो कोसिस जारी रहनेछ,’ उनले भने । 

नेपालको भौगोलिक बनावट संवेदनशील भएपनि पूर्वाधार निर्माणमा त्यस किसिमको संवेदनशीलता अवलम्बन हुन नसकेको भन्दै भौगोलिक बनावटको संवेदनशीलता नबुझी भौतिक विकास निर्माण अघि बढाउने तरिकाले दुःखद भएको पनि उनको भनाइ छ । 

नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत सिमतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ भने कास्कीलगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो क्षति भएको छ । 





  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया