logo-img

गृहमन्त्री लामिछानेको दाबी : अनुसन्धानको घेरामा परेपछि एमाले-कांग्रेसले रातारात सहमति गरे
‘विपद्को बेला जनता बचाउन सत्तामै बसेका थियौँ’

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको घेरामा परेपछि नेकपा एमाले र कांग्रेसले रातारात सहमति गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो बल्ल संविधानको याद आएको भनेर कटाक्ष गरे ।

रास्वपाका मन्त्रीहरूले राजीनामा नदिएर सरकारमा टाँसिएर बसेको भन्ने आरोपप्रति आपत्ति जनाउँदै उनले विपद्को बेला जनता बचाउनका लागि सत्तामै बसेको स्पष्ट पारे । 

‘हामीलाई आशंका छ एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी पुग्यो ? रातारात संविधानको चिन्ता कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो संविधानको याद आयो ?,’ उनले प्रश्न गरे ।

गृहमन्त्री लामिछानेले दुई चारजना नेतालाई बाहेक सहमतिको जानकारी अरू कसैलाई नभएको भन्दै मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमति राष्ट्रिय सहमति कदापि नहुने टिप्पणी गरे ।

देश, जनता र आफ्ना दलका नेतालाई समेत थाहा नदिइ गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिँदा ‘राष्ट्रिय’ शब्दको मानमर्दन भएको धारणा राखे । 



‘सदनमा जोडतोडका साथ सहमतिको कुरा चल्यो । तर, दुःखका साथ भन्नुपर्छ । एक–दुईजना नेताबाहेक सहमति भएको अरू कुनै नेतालाई थाहा छैन । बिना जानकारीको सहमति न राष्ट्रलाई थाहा छ न देश, जनता र आफ्ना दलका नेतालाई थाहा छ,’ गृहमन्त्री लामिछानेले भने ।  



  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया