logo-img

ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस, एमालेलगायत दलद्वारा हस्ताक्षर संकलन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तका लागि दाबी पेश गर्न नेताहरूले आवश्यक प्रक्रिया अघि बढाएका छन् । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएपछि ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यक कागजातमा हस्ताक्षर गरेका हुन् ।  

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि आह्वान गर्नेबित्तिकै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेस गर्ने तयारी छ । छलफलपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासहित दलका नेताहरूले नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् । 





  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया