logo-img

प्रतिपक्षको भूमिका तगडाका साथ निर्वाह गर्नेछौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिपक्षको भूमिका तगडाका साथ निर्वाह गर्नका लागि तयार रहेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ठूलो पार्टीहरू एक ठाउँमा आइसकेपछि प्रतिपक्षमा झन् बढी जिम्मेवारी थपिएको भन्दै इमानदार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । 

‘ठूला दल मिलेपछि त प्रतिपक्ष अलि तगडा हुनुपर्‍यो त्यसकारण हामी तयार छौँ । अलगअलग भूमिकामा निष्पक्षका साथ काम गर्ने हो । इमान्दारिताका साथ काम गर्दा जुनसुकै भूमिकामा पनि त्यस्तो कुनै फरक पर्ने कुरा होइन । प्रतिपक्षमा झन् बढी जिम्मेवारी छ । किनभने ठूलो पार्टीहरू एक ठाउँमा आइसकेपछि अझ बढी जिम्मेवार हुनुपर्छ,’ लामिछानेले भने । 





  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया