logo-img

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, सरकारमा जाने मन्त्रीबारे छलफल
फाइल तस्बिर

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ । केन्द्रीय कार्यालय ललितपुरमा जारी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नामबारे छलफल हुने बताइएको छ । 

बैठकमा नयाँ सरकार गठनका साथै समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी पेस गरिसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपरान्ह ५ बजेसम्मको समय दिएर संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गर्न आह्वान गरे पनि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले शुक्रबार बेलुका नै दाबी पेस गरेका हुन् ।

कांग्रेस र एमालेबीच १७ असारको राति दुई दलको सरकार बनाउने सहमति भएको थियो, जसअनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री बन्दै छन् । 





  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया