logo-img

माल्दिभ्स प्रिमियर लिगमा सोमपालको उत्कृष्ट बलिङ, लिए महत्वपूर्ण तीन विकेट
फाइल तस्बिर

नेपाली क्रिकेट टिमका अनुभवी अलराउन्डर सोमपाल कामीले माल्दिभ्स टी–२० प्रिमियर लिगमा उत्कृष्ट पुनरागमन गरेका छन् । पहिलो खेलमा तीन ओभरमा ४४ रन खर्चिएका उनले दोस्रो म्याचमा भने उत्कृष्ट पुनरागमन गरेका हुन् ।

मिलान क्रिकेट एकेडेमीबाट लिग खेलिरहेका सोमपालले दोस्रो खेलमा व्यान्सा क्लबविरुद्ध तीन ओभरमा १४ रन मात्र खर्चेर महत्वपूर्ण तीन विकेट लिए । उनकै सानदार बलिङको मद्दतमा व्यान्सा १ सय ३६ रनमै अलआउट भएको छ । 

तत्काल नेपालको खेल तालिका नभएकाले सोमपालले माल्दिभ्सको लिग खेलिरहेका हुन् । उनी सम्मिलित मिलान एकेडेमी अहिले ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । 
 





  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया