logo-img

सरकारमा सहभागी हुने मन्त्रीका लागि कांग्रेसले बनायो मापदण्ड

नेपाली कांग्रेसले नयाँ सरकारमा सहभागी हुने मन्त्री योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा  समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा  समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरिएको छ,’ महतले भने ।

त्यस्तै, बैठकले नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी हुने निर्णय पनि गरेको उनले जानकारी दिए । 
 





  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया