logo-img

प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्ने

प्रतिनिधि सभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । 

आइतबार अपरान्ह ३ बजेका लागि तय भएको बैठक विशेष कारण सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपरान्ह १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । 

यसैगरी आइतबार अपरान्ह १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ ।  





  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया