logo-img

चौथोपटक प्रधानमन्त्री बन्दै ओली, शपथग्रहण भोलि
फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आज साँझ ५ बजेसम्मको समय दिएर प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । 

राष्ट्रपतिको आह्वानलगत्तै कांग्रेसको समर्थनमा ओलीले दाबी प्रस्तुत गरेका थिए ।  ‘सम्माननीय राष्ट्रपतिज्यूले सरकार गठन गर्न आह्वान गरेको समयसीमा सकिएपछि नै प्रधानमन्त्रीमा नियुक्त र शपथको प्रक्रिया अगाडि बढ्छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने । 

ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरिए पनि शपथ भने सोमबार हुने जनाइएको छ । त्यसक्रममा उनले केही मन्त्रीलाई पनि शपथ गराउने तयारी थालेका छन् ।  





  • प्रकाशित मिति : असार ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया