logo-img

रोहित र दीपेन्द्र क्यारेबियन टी-१० लिगमा अनुबन्धित

नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी क्यारेबियन टी–१० क्रिकेट लिगमा अनुबन्धित भएका छन् । क्यारेबियन टी–१० मा रोहित मियामी लाइन्स र दीपेन्द्र ग्रान्ड केम्यान स्टिन्ग्रेजमा अनुबन्धित भएका छन् । 

रोहितसम्मिलित मियामीमा ड्वेन ब्राभो, अश्घर अफगान, शोएब मलिक, रवि भोपारा, कोरी एण्डरसन, जो बर्न्स, उन्मुक्त चन्द, गेहार्ड इरास्मस, चाडविक वाल्टनलगायत नाम चलेका खेलाडी छन् ।  

त्यस्तै, दीपेन्द्रआबद्ध स्टिन्ग्रेजमा एलेक्स हेल्स, बेन डंक, रोबिन उथप्पा, मिचेल म्याघलेनघन, लोगानभान बीकलगायत स्टार छन् । क्यारेबियन टी–१० लिग अगस्ट १८ देखि २५ सम्म हुनेछ । 

यो लिगअघि दीपेन्द्र, रोहितसहित सन्दीप लामिछानेले क्यानडामा ग्लोबल टी–२० लिग खेल्ने छन् । उक्त लिगमा सन्दीप र दीपेन्द्र भ्यानकुभर नाइट्स तथा रोहित टोरन्टो नेशल्समा आबद्ध छन् । 

ग्लोबल टी–२० लिग यही २५ जुलाईदेखि २१ अगस्टसम्म हुनेछ ।  





  • प्रकाशित मिति : असार ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया