logo-img

जिम्बाब्वेसँगको पाँचौं टी-२० आईमा पनि भारतको सहज जित

जिम्बाब्वेविरुद्धको टी–२० सिरिज भारतले ४–१ ले जितेको छ । आइतबार सम्पन्न पाँचौं खेलमा जिम्बाब्वेलाई ४२ रनले हराउँदै भारतले सिरिज ४–१ ले जितेको हो । 

जिम्बाब्वेले भने घरेलु मैदानको फाइदा उठाउन सकेन । उसले सिरिजको पहिलो खेल मात्र जित्न सक्यो । अन्तिम खेलमा भारतले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.३ ओभरमा १२५ रनमै अलआउट भयो ।  

उसका लागि डिओन मेयर्सले ३२ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३४ रन बनाए । भारतका लागि मुकेश कुमारले चार, शिवम दुबेले दुई तथा वासिङ्टन सुन्दर, तुषार देशपाण्डे र अभिषेक शर्माले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो । उसका लागि सञ्जु सामसनले ५८, शिवम दुबेले २६, रियान परागनले २२, अभिषेक शर्माले १४, कप्तान शुभमन गिलले १३, यशस्वी जैसवालले १२ र रिंकु सिंहले अविजित ११ रन बनाए ।

जिम्बाब्वेका लागि ब्लेसिङ मुजारबानीले चार ओभरमा १९ रन दिएर सर्वाधिक दुई विकेट लिए । ​जिम्बाब्वेले सिरिजको पहिलो खेलमा १३ रनको जित निकालेको थियो । त्यसपछि भने उसले क्रमशः १ सय रन, २३ रन, १० विकेट र ४२ रनको हार बेहोर्‍यो । 





  • प्रकाशित मिति : असार ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया