logo-img

प्रधानमन्त्री ओलीले शपथ लिँदै, आजै मन्त्रिपरिषद्‌ विस्तारको तयारी
फाइल तस्बिर

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेका सांसदको समर्थनमा ओली प्रधानमन्त्री भएका हुन् । उनले आजै कांग्रेस र एमालेका मन्त्री सामेल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।  





  • प्रकाशित मिति : असार ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया