logo-img

दुई उपप्रधानसहित २१ मन्त्रीले लिए शपथ, क-कसले पाए जिम्म्मेवारी ? [सूचीसहित]

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा जाने मन्त्रीको टुंगो लागेको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीको सूची शीतल निवास पठाएका हुन् ।

गत १७ असारमा बनेको कांग्रेस–एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले दुई र लोसपाले एक जना मन्त्रीको नाम पठाएका छन् ।  

ओली सरकारमा सहभागी २१ जना मन्त्री : 

नेपाली कांग्रेस 

१. प्रकाशमान सिंह– सहरी विकास



२. रमेश लेखक– गृह

३. आरजु राणा– परराष्ट्र



४. तेजुलाल चौधरी– युवा तथा खेलकुद

५. अजयकुमार चौरसिया– कानुन, न्याय तथा संसदीय मामिला

६. दीपक खड्का– ऊर्जा

७. ऐनबहादुर शाही– वन तथा वातावरण

८. प्रदीप पौडेल– स्वास्थ्य तथा जनसंख्या

९. बद्रीप्रसाद पाण्डे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१०. रामनाथ अधिकारी– कृषि तथा पशुपन्छी

एमाले 

१. विष्णु पौडेल– अर्थ

२. पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि

३. राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन

४. विद्या भट्टराई– शिक्षा, विज्ञान तथा प्रविधि

५. देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात

६. बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

७. दामोदार भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति

८. मानवीर राई– रक्षा

जसपा

१. प्रदीप यादव– खानेपानी

२. नवलकिशोर साह सुडी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
लोसपा

१. शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा 

  • प्रकाशित मिति : असार ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया