logo-img

रविलाई मुकुलको चेतावनी- ‘जति सक्नुहुन्छ गर्नुहोस्, तर म अर्को सालिकराम पुडासैनी बन्दैन’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को सालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले यस्तो चेतावनी दिएका हुन् ।  

उनले  सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘रवि लामिछानेज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ । तपाईँ आफ्नो स्तर देखाउँदै हुनुहुन्छ । तपाईँ जति सक्नुहुन्छ, गर्नुहोस्, मेरो शुभकामना छ । चिन्ता लिनु पर्दैन, मुकुल ढकाल अर्को सालिकराम पुडासैनी बन्दैन ।’

उनले रवि लामिछानेले आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र परिवार समेतलाई अनेकन आक्षेप लगाउन थालेको आरोप लगाएका छन् । 





  • प्रकाशित मिति : असार ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया