logo-img

सिंहदरबार छिर्नुअघि कांग्रेस मन्त्रीहरू पुगे सानेपा र शान्तिवाटिका

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको २२ सदस्यीय मन्त्रिपरिषद्मा सामेल भएका कांग्रेसका मन्त्रीहरूले सिंहदरबार छिर्नुअघि पार्टी कार्यालय सानेपामा पुगेर बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् ।

उपप्रधान एवम् सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतले रत्नपार्कको शान्तिवाटीकामा पुगेर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेका हुन् । 

मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेकाहरूलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा, ७६ (२)बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा  नियुक्त गरेका थिए । 





  • प्रकाशित मिति : असार ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया