logo-img

उपप्रधानमन्त्री प्रकाशमान सिंहको दाबी- अब जनतालाई सुविधा दिन लायक सहर बनाउनेछौँ

नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर काम गर्ने बताएका छन् । 

सोमबार सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले देशका ठूला दलहरू मिलेर बनेको सरकार भएको कारणले डेलिभर गर्ने  र जनतालाई राहत दिनुपर्नेमा त्यसमा चाहिँ विशेष जोड दिएर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने,‘देशका ठूला दलहरू मिलेर बनेको सरकार भएका कारणले ध्यान डेलिभर गर्नेमा हुनुपर्छ । जनतालाई राहत दिनुपर्नेमा अगाडि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले जनतालाई सुविधा दिन लायक सहर बनाउनको लागि मन्त्रालयको काम कर्तव्य र अधिकारको सीमाभित्र बसेर काम अगाडि बढाउने प्रतिबद्धता जनाए । 

उनले भने,‘आधुनिक मान्यता अनुरूप जनताको चाहना अनुरूप सुविधा दिन लायकको सहर बनाउनको लागि मन्त्रालयको काम कर्तव्य अधिकार जे छ त्यसको सीमाभित्र बसेर काम अगाडि बढाउनेतिर लाग्नुपर्छ ।’ 





  • प्रकाशित मिति : असार ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया