logo-img

मन्त्री यादव भन्छन्- बाह्रै महिना मेलम्चीको खानेपानी उपलब्ध गराउने गरी काम गर्छु

नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताएका छन् । 

आज सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उनले मेलम्चीमा देखिएको चुनौती समाधान गरेर बाह्रै महिना खानेपानी उपलब्ध गराउने गरी काम गर्ने बताए । 

‘मेलम्ची खानेपानी आयोजना यति बेला बन्द छ, अब बाह्रै महिना, २४ घण्टा मेलम्चीको पानी ल्याउने गरी काम गर्नुपर्नेछ’, उनले भने, ‘खानेपानीको क्षेत्रमा बजेट कम भयो भनेर नआत्तिनुस् बजेट व्यवस्थापन गर्नेछु, सबै मिलेर खानेपानी समस्या समाधानमा लागौँ ।’

जलवायु परिवर्तनलगायतका कारणले जमिन मुनी पानीको सतह घट्ने, पानीको स्रोत सुक्नेलगायत समस्या देखिन थालेको भन्दै मन्त्री यादवले सबै मिलेर उल्लेखित समस्या समाधानका उपाय खोजिनुपर्नेमा जोड दिए ।

‘उपत्यकामा मात्रै होइन, खानेपानीको समस्या तराईलगायत अन्य क्षेत्रमा पनि बढ्न थालेको छ । अब मेलम्चीलगायत अन्य खानेपानी आयोजना तर्जुमा गरेर जनतामा पानीको सहज पहुँच पुर्‍याउन लागिपर्ने छु,’ उनले भने । 





  • प्रकाशित मिति : असार ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया