logo-img

प्रधानमन्त्री ओलीले ६ साउनमा संसदमा सम्बोधन गर्ने
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले यही ६ साउनमा देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले संसदमार्फत् ६ साउनमा बस्ने संसद् बैठकमा देशबासीको नाममा सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  

सोमबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीलाई एक महिनाभित्र केही न केही फरक गरेर देखाउन निर्देशन दिएका छन् । 

कांग्रेस–एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो पटकमै पूर्णता पाएको छ, जसमा एमालेका प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट १० जना मन्त्री बनेका छन् । 

त्यस्तै, लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट दुईजना मन्त्री बनेका छन् ।





  • प्रकाशित मिति : साउन १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया