logo-img

सुन तोलामा ९ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । 

सोमबार प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि १ लाख ४७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । 

यस्तै, सोमबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ४७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ८ सय ७५ रुपैयाँ निर्धारण भएको छ ।  





  • प्रकाशित मिति : साउन १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया