logo-img

विष्णु पौडेल अर्थमन्त्री भएपछि सेयर बजारमा उछाल, नेप्से परिसूचक ७०.१८ अंकले वृद्धि

मंगलबार सेयर बजार उच्च अंकले बढेकाे छ। साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ३.१० प्रतिशतले बढेर ४०९.५१ बिन्दुमा पुगेको छ।

सोमबार पदभार ग्रहणपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका थिए । उनले सेयर बजार सन्तुलित ढंगले अगाडि लैजाने बताएका कारण लगानीकर्ता उत्साहित देखिएका हुन्। विगतमा पनि उनी अर्थमन्त्री हुँदा सेयर बजारले नयाँ उचाइ चुमेको थियाे । 

यसदिन ३१५ स्क्रिप्सको २ करोड  ५८ लाख ३६ हजार २८५ कित्ता सेयर ९ अर्ब १३ करोड  ८६ लाख २९ हजार ६४२ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले बढेको सेयर बजारमा ६ वटा कम्पनीको सेयर  सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट, आँखुखोला जलविद्यु्त, मन्दाकिनी हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। आधार दर्जन कम्पनीको सेयर १० प्रतिशतले बढ्दा तीनवटा कम्पनीका लगानीकर्ताले भने गुमाए।

१०.५ प्रतिशत नेपाल इन्भेस्टमेन्ट डिवेन्चर २०८२ ,एनआइबिएल ग्रोथ र ११ प्रतिशत एलबिबिएल डिवेन्चर २०८९ का लगानीकर्ताहरूले गुमाएका हुन्। कारोबार रकमका आधारमा यसदिन नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको २१ करोड मूल्य बढीको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको १८ करोड, अपी पावर र जानकी फाइनान्सको १७/१७ करोड मूल्यको सेयर कारोबार भयो। यसैगरी अरुण भ्याली हाइड्रोपावरको १६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।



आज म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक ५.४५ प्रतिशतले बढ्यो। 

यसैगरी डेभलपमेन्टको ४.९४,होटल्स एन्ड टुरिजमको ३.६३ र इन्भेस्टमेन्ट समूहको सूचक ३.०६ प्रतिशतले बढ्यो। कारोबारमा आएका २३४ स्टकको मूल्य बढ्दा ८ वटाको घट्यो।



  • प्रकाशित मिति : साउन १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया