logo-img

तेस्रो अभ्यास खेलमा नेपालको रोमाञ्चक जित
फाइल तस्बिर

श्रीलंका डेभलपमेन्टसँगको तेस्रो अभ्यास खेलमा नेपाली महिला टिमले दुई रनको रोमाञ्चक जित निकालेको छ । नेपाल सुरुवाती दुई खेलमा लगातार पराजित भएको थियो । नेपाल पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटले पराजित भएको हो ।   

अन्तिम अभ्यास खेलमा पहिला ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १ सय १२ रन बनायो । नेपालका लागि रुबिना क्षेत्रीले २६ बलमा तीन छक्का र एक चौकाको मद्दतमा सर्वाधिक ३७ रन बनाइन् । यस्तै, विन्दु रावलले ३१ बलमा एकसहित २० रनको योगदान दिइन् । 

सीता रानामगरले १५, कप्तान इन्दु बर्माले ११ र सम्झना खड्काले १० रन जोडे । श्रीलंका वुमन्सका लागि डि थेनाकोनेले दुई, आर सेवान्दी, एस इदुवारी र पी मेथासारीले एक/एक विकेट लिए ।   

१ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा १ सय १० रनमा अलआउट भयो । उसका लागि भि बालासूर्याले तीन चौकाको सर्वाधिक ३८ रनको पारी खेलिन् । 

यस्तै, आर नेर्थान्जलीले २६ र आर सेवान्दनीले १० रन बनाए । बलिङमा नेपालका लागि कविता जोशीले तीन, कृतिका मरासिनीले दुई र कविता कुँवरले एक विकेट लिए । नेपाली टिमले एसिया कप खेल्नुअघि तीन अभ्यास म्याच खेलेको हो । 

एसिया कपमा नेपालले पहिलो खेल आउँदो शुक्रबार यूएईविरुद्ध खेल्ने तालिका छ । त्यसपछि नेपालले ६ गते पाकिस्तान र ८ गते भारतसँग खेल्नेछ । नेपाली महिला टिम तेस्रोपटक एसिया कप खेल्न लागेको हो । 





  • प्रकाशित मिति : साउन २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया