logo-img

सुन तोलामा २ हजार रुपैयाँले बढ्यो, बनायो नयाँ कीर्तिमान
फाइल तस्बिर

साउनको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेपछि नयाँ कीर्तिमान बनेको हो ।

मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 





  • प्रकाशित मिति : साउन २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया