logo-img

नेपालले जित्यो आइसिसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड

नेपालले आइसिसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइससिी)ले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो । 

आइससिीले डेभलपमेन्ट अवार्डअन्तर्गत विभिन्न ६ शीर्षकमा ग्लोबल अवार्ड दिने गरेको छ । आफ्नो एसोसियट सदस्यले क्रिकेटको विकासमा हात पारेको सफलताका आधारमा यी अवार्डहरु दिने गरिन्छ । 

नेपाल यसअघि नै एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि मनोनयनमा परेको थियो। मेक्सिको, ओमान, नेदरल्यान्ड्स, यूएई र स्कटल्यान्डले पनि एक–एक अवार्ड पाएका छन् ।

आइसिसीले ‘आइसिसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ मेक्सिकोलाई, ‘१०० पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर अवार्ड’ ओमानलाई, ‘आइसिसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ नेदरल्यान्ड्सलाई, ‘आइसिसी एसोसियट मेम्बर वुमन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ युएईलाई र ‘क्रिकेट फर गुड सोसियल इम्प्याक्ट इनिसियटिम अफ दी इयर अवार्ड’ स्कटल्यान्डलाई प्रदान गरेको छ ।





  • प्रकाशित मिति : साउन २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया