logo-img

बंगलादेशमा हिंसा भड्किएपछि नेपाली दूतावासले जारी गर्यो एडभाइजरी

बंगलादेशमा हिंसा भड्किएपछि ढाकास्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरूका लागि एडभाइजरी जारी गरेको छ। आरक्षणविरुद्धको प्रदर्शनमा तीन विद्यार्थीसहित ६ जनाको मृत्यु भएपछि त्यहाँको सरकारले अनिश्चितकालका लागि शैक्षिक संस्था बन्द गरेको छ । 

नेपाली दूतावासले बुधबार इडभाइजरी जारी गर्दै बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको हो । 

साथै, दूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासले दिएको नम्बरमा सम्पर्क र समन्वय गर्नसमेत भनेको छ।

दूतावासले सम्पर्क र समन्वयका लागि द्वितीय सचिव योजना बम्जन (८८०१८८०६९१०१३) र रिया क्षेत्री (८८०१७४५४०७९५८)सँग सम्पर्क गर्न आग्रह गरेको छ । 

दूतावासले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारका निकायहरू एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको जनाएको छ । 





  • प्रकाशित मिति : साउन २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया