logo-img

त्रिशूली नदीमा बेपत्ता भएका १९ यात्रुको शव फेला, १४ शव आफन्तलाई बुझाइयो

चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये आज २ शव फेला परेको छ। यससहित हालसम्म १९ यात्रुको शव फेला परेको छ। 

एउटा शव भरतपुरको सालवासमा फेला परेको र एउटा शव नवलपरासीपूर्वको विनय त्रिवेणी गाउँपालिकास्थित नेपाल भारतको सीमाक्षेत्रमा फेला परेको हो। 

चितवन प्रहरीका अनुसार फेला परेका मध्ये १४ शव आफन्तले बुझेर लगेका छन्। तीन शव सरकारी अस्पतालमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। 

बस अझै अज्ञात छ। बसमा ६५ जना यात्रु रहेको बताइएको छ। अझै ४६ यात्रुको अवस्था पत्ता लागेको छैन। गत असार २८ गते सिमलताल पहिरोमा बगेका दुई बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। 





  • प्रकाशित मिति : साउन २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया