logo-img

चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी : १६ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा ठूलो मानवीय क्षति भएको छ । सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको हो ।  

आगलागीमा परेका झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ । आगलागीपछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको बताएका छन् । 

चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन् । गत जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको मृत्यु भएको थियो ।  





  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया