logo-img

ज्योतिषी अधिकारीको भविष्यवाणी : संविधान संशोधन हुन्छ, देउवा प्रधानमन्त्री बन्दैनन्

वरिष्ठ ज्योतिषी एवं पण्डित डा. रुद्रनाथ अधिकारीले आउँदो मंसिरसम्म नेपालको संविधान संशोधनको प्रक्रिया सुरु हुने भविष्यवाणी गरेका छन् । 

नेपाल न्युज बैंकसँग कुराकानी गर्दै राजनीतिक भविष्यवाणी एवं विश्लेषणसमेत गर्दै आएका अधिकारीले संविधान संशोधन यही वर्षबाट थालनी भएर २०८२ सालमा नेपाली राजनीतिको कोर्स परिवर्तनको दिसातर्फ अघि बढ्ने बताए । 

‘आउँदो मंसिरसम्म संविधान संशोधन हुन्छ । अन्य कुराहरू धेरै संशोधन भए पनि खासगरी देशका लागि तीन महत्वपूर्ण विषयमा संविधान संशोधन हुन्छ । समानुपातिक प्रणालीको अन्त्य गरी प्रत्यक्ष निर्वाचन प्रणाली राख्ने, हिन्दु राष्ट्र मुख्य एजेन्डा बन्छ र बनाइनुपर्छ र प्रदेश खारेजी हुन्छ । प्रदेश खारेजी नगरी सुखै छैन । प्रदेशहरू कार्यकर्ता भर्ती गर्ने अड्डा मात्रै बनेको छ । जतिखेर नेपालमा प्रादेशीय संरचना तयार भएपछि नेताहरूको काम सरकार टुटाउने र बनाउनेबाहेक अरू केही काम भएको छ र ?,’ उनले प्रश्न गरे । 

त्यस्तै, ज्योतिषी अधिकारीले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अधोगति सुरु भएको उल्लेख गरे । 

पूर्व र पश्चिमको प्रभावमा सबै मिलेर देशलाई पालैपालो ठगिरहेको उल्लेख गर्दै अधिकारीले कर्मको फल ढिलाचाँडो सबैले पाउने बताए । ‘मैले वर्षको सुरुमै भनेको थिए प्रचण्डको अधोगति सुरु हुन्छ भनेर । अब प्रचण्ड र रविजीहरूको डाउनलाइन सुरु भएको छ । अब उहाँहरूले जति तिकडम गरे पनि उहाँहरूको पतन नै हो । यहाँ कोही पनि दूधले धोएका छैनन् । ढिलोचाँडो कर्मका फलहरू सबैले भोग्नुपर्दछ । उनीहरूले देशलाई ठगिरहेका छन्,’ उनले भने ।



त्यस्तै, अधिकारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चेतनाकाद्वार खुलेको उल्लेख गर्दै अब नेपाली कांग्रेस र नेकपा एमाले मिलेर देशको अवस्था परिवर्तन गर्नुपर्ने बताए । 

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने अवस्था तत्काल नदेखिएको समेत उनको भनाइ छ । ‘जोसुकै प्रधानमन्त्री भएपनि देशमा सुशासन कायम हुनुपर्दछ । एकले अर्कालाई बचाउनको लागि अपराध समेत लुकाउने काम बन्द गरिनुपर्दछ । यी र यस्ता परिपाटी र प्रपञ्चहरू बन्द गरिनुपर्दछ । ओलीपछि देउवा प्रधानमन्त्री हुने सम्भावना देखिएको छैन । उहाँको कुन्डलीले त्यस्तै संकेत गर्छ,’ अधिकारीले भने । 



  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया