logo-img

उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंह र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । आज भएको भेटमा राजदूत सोङले मन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

भेटमा नेपाल र चीनबीचमा सहरी विकासको क्षेत्रमा कुन–कुन विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । ‘भेटमा नेपाल र चीन बीचमा सहरी विकासको क्षेत्रमा कुन–कुन विषयमा सहकार्य हुनसक्छ, अहिले के भइरहेको छ भन्नेमा सामान्य समीक्षा भयो,’ सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौँ । स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौँ, ट्राफिक लाइट, रोड सेफ्टीजस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भयो ।’

भेटमा चीनसँग सीमा जोडिएका हिमाली क्षेत्रमा १० वटा हिमाली सहर बनाउने कुरा पनि भएको सचिव गेलालले बताए ।   





  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया