logo-img

वामदेव गौतमको सुझाव- बझाङ सदरमुकाम चैनपुर सार्नै पर्ने आवश्यकता छ

राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले मनसुनी वर्षापछि आएको विपद्बारे सरकार गम्भीर हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाढी र पहिरोबाट हुने जोखिमप्रति सचेत हुँदै पूर्व योजना बनाउन आवश्यक रहेको बताए । 

बैठकमा बोल्दै नेकपा एमालेका सांसद वामदेव गौतमले बाढी र पहिरोका कारण बझाङको सदरमुकाम चैनपुरमा लेदो भरिएको भन्दै सदरमुकाम सार्नुपर्ने बताए । 

उनले भने, ‘पहिरो गएको ठाउँमा बस्ती छ, झन् त्यहीँ लेदो थुप्रिएको ठाउँमा सदरमुकाम बनाएको छ, पहिरो गएर लेदो जम्मा हुने ठाउँ कतै छैन तर बझाङको सदरमुकाम चैनपुर यस्तो ठाउँमा बसेको छ । माथिबाट पहिरो आउँछ तलबाट सबै मान्छेलाई बगाएर लग्छ मेरो अध्ययनले यो सदरमुकाम त्यहाँबाट सार्नै पर्छ ।’

सांसद गौतमले माथिबाट पहिरो आएर हजारौँ मान्छेको ज्यान जान सक्ने उल्लेख गर्दै विकास निर्माणका कामहरूमा सहकारी मन्त्रालयसँग समन्वय गरेर मात्र अगाडि बढ्नुपर्ने बताए । 

‘माथिबाट पहिरो आउँछ अनि त्यो पहिरोले एक दिन हजार मान्छेको ज्यान लिन्छ, साथै यस्ता निर्माण भएका घर, भवन, पुल सबै निर्माण गर्दा सहकारी मन्त्रालयसँग छलफल गर्नुपर्छ । अब हामी यता बसेका छौँ, छलफल गर्नुपर्छ भन्छौँ, एउटाले एउटा मन्त्रीसँग छलफल गर्छौँ, अर्कोले अर्को मन्त्रीसँग छलफल गर्छौँ यसरी हाम्रो सुशासन समितिले केही राम्रो नतिजा दिन सक्दैन ’, उनको भनाइ थियो ।  





  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया