logo-img

सिमलताल पहिरो : एक यात्रुको शव फेला, कूल २० जनाको शव भेटियाे

गत शुक्रबार राति सिमलताल पहिरोमा परी हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ । 

शवको सनाखत हुन भने बाँकी रहेकाे छ । शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदै छ । 

भरतपुर महानगरपालिका-२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव भेटिएको हाे । 

योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ । जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन् । 

गत असार २८ गते बिहान नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ मा सिमलतालमा पहिरोले दुईवटा यात्रुबाहक बस बगाएको थियो । 

६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो । नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ ।





  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया