logo-img

उपसभामुखको विवादित पत्रबारे रास्वपाले राख्यो सभामुखसँग जिज्ञासा (भिडियाेसहित)

उपसभामुख इन्दिरा राना मगरले गत वर्ष पाँचजना व्यक्तिलाई भिसा उपलब्ध गराइदिन अमेरिकी दूतावासलाई पत्राचार गरेको विषयको अहिले चर्चामा रहेको छ । गत असार ३० गते  फरकधारले उक्त पत्र प्राप्त गरेपछि 'के उपसभामुखले पैसा लिएर पाँचजनालाई अमेरिका लैजान खोजेकी थिइन् ?' शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

उक्त पत्रमा रानाले उपसभामुखको हैसियतले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङलाई एक कार्यक्रममा लैजानका लागि दूतावासमा सिफारिस गरेको देखिन्छ । 

उपसभामुख रानाले अमेरिकी दूतावासको कन्सुलर जनरललाई सम्बोधन गर्दै सन् २०२३ मार्च ६ देखि १७ तारिखसम्म अमेरिकाको न्युयोर्कमा आयोजित एनजिओ ‘सिएसडब्यू–६७’ फोरमको कार्यक्रममा आफूसँगै अमेरिका लैजाने भन्दै पाँचजनालाई भिसा दिन आग्रहसहित प्रतिनिधिसभाको उपसभामुखको लेटरप्याड प्रयोग गर्दै उक्त पत्र पठाएकी थिइन् । तर, दूतावासले ती पाँचजनालाई भिसा नदिएपछि उक्त कार्यक्रममा सहभागी हुन उपसभामुख राना एक्लै अमेरिका प्रस्थान गरेकी थिइन् ।

यस विषयले राष्ट्रिय स्वतन्त्र पार्टीमा तरंग पैदा गरेको छ । रास्वपा पृष्ठभूमिबाट उपसभामुख बनेकी राना विवादमा परेपछि रास्वपाले यस विषयमा सभामुख देवराज घिमिरेसँग जिज्ञासा राखेका थियो । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखले दूतावाससँग पाँचजना व्यक्तिलाई भिसा दिन आग्रह गर्दै पत्राचार गरेको विषयबारे सभामुखसँग जिज्ञासा राखेको फरकधारलाई बताए । 

उनले भने, ‘बिहान सभामुखले बोलाउनुभएको थियो । उक्त भेटमा हामीले उपभामुखले पत्राचार गरेको विषयमा जिज्ञासा राखेका थियौँ । उहाँले यो विषयमा आफू जानकार नरहेको बताउनुभयो ।’ 

यसबारे रास्वपाले थप सोधखोज गरिरहेको सचेतक परियारले जानकारी दिए । ​पत्रकाे वास्तविकताबारे फरकधारले राखेकाे जिज्ञासामा उपसभामुख रानाले आफूले कसैलाई यस्ताे सिफारिस दिने काम नगरेको प्रतिक्रिया दिएकी थिइन् । 



उनले भनेकी थिइन्, ‘म अमेरिका जान थालेको २००७ देखि हो । आजसम्म मैले कसैलाई सिफारिस दिने काम गरेको छैन । यदि कसैले केही नपाएर मेरो पछि लाग्नु छ भने मैले केही भन्नु छैन ।’



  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया