logo-img

डा. गौतमको गैरआख्यान पुस्तक 'विवेकको फिल्टर' लोकार्पण

शान्ति समृद्धि र विकासका लागि हरेक मानिसमा सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ भाव बोकेको ‘विवेकको फिल्टर’ गैरआख्यान पुस्तक सार्वजनिक भएको छ । 

इञ्जिनियर डा. विष्णुप्रसाद गौतमद्वारा लिखित ४ सय ८ पृष्ठको ‘विवेकको फिल्टर’ नामक पुस्तकमा देश विकास कसरी गर्न सकिन्छ र समृद्धि हुनबाट बाधा पुर्याउने पक्ष के–के हुन् र त्यसका लागि प्रत्येक नागरिकको के भूमिका हुन्छ भन्ने जस्ता विषय समेटिएको छ । पुस्तक लोकार्पण गर्दै प्रा.डा. सुरेन्द्र के.सीले देश नै दूषित रहेकाले त्यसलाई फिल्टर गरेर जानुपर्छ भन्ने ध्येय पुस्तकको रहेको बताए । पुस्तकमा नेपाली समाजको प्रवृत्ति झल्किएको बताउँदै उनले समाजमा देखिएका विकृति फिल्टर गरेर जान सके समाज सुधार गर्न सकिने बताए । 

राष्ट्रिय किसान आयोगका सदस्य पुष्पा भुसालले डा. विष्णुप्रसाद गौतम विवेकको फिल्टर पुस्तकमा आएका विषय राष्ट्रको लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे । 

इन्जिनियरिङ क्याम्पस पुल्चोकका क्याम्पस प्रमुख प्रा.डा. इन्द्रप्रसाद गौतमको अध्यक्षतामा भएको विवेकको फिल्टर पुस्तक लोकार्पण भएको हो । समारोहमा सिमल बुक पब्लिकेशनका अध्यक्ष कमल ढकालले डा.गौतमकृत विवेकको फिल्टर पुस्तक एउटा नौलो र रोचक विषयको संगालो रहेको बताए ।

गुल्मेली समाजका महासचिव, वरिष्ठ पत्रकार टंक पन्तले गुल्मी जिल्लावासी डा.विष्णुप्रसाद गौतमको विवेकको फिल्टर पुस्तकले राजनीतिक, आर्थिक, सामाजिकलगायत हरेक क्षेत्रलाई सकारात्मक हुन प्रेरित गरेको भन्दै नकारात्मक पक्ष हटाउने सन्देश दिएको बताए । 

लेखक विष्णुप्रसाद गौतम, नेपाल इन्जिनियर एसोसियसनका अध्यक्ष हरि दर्लामी प्रा.डा. विष्णुप्रसाद पाण्डे, वरिष्ठ इञ्जिनियर डा.शंकर ढकाल, साहित्यकार सिर्जना शर्मालगायतले विवेकको फिल्टर पुस्तक हरेक क्षेत्रका लागि सकारात्मक र उपयोगी रहेको उल्लेख गरे । विवेकको फिल्टर पुस्तकको प्रकाशन सिमल बुक्स पब्लिकेसनले गरेको हो ।





  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया