logo-img

‘नयाँ संसद् भवनको कामको प्रगति सन्तोषजनक भएन, अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुने अवस्था आयो’

सभामुख देवराज घिमिरे नयाँ संसद् भवनको कामको प्रगति सन्तोषजनक नभएको बताएका छन् । नयाँ संसद् भवनको ठेकेदारसँग कार्य सम्पादन प्रगति विवरण सम्बन्धी छलफलमा उनले आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राखेर सामान्य तहसम्मको काम सम्पन्न नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुने अवस्था आउने बताए । 

उनले भने, ‘समग्र हेर्दा यो कामको प्रगति सन्तोषजनक छैन । यसलाई समयमा नै सक्न गम्भीर भएर लाग्नुपर्छ । यसको प्रगतिको निगरानी गर्नको लागि एउटा समिति बनाउने र कार्य प्रगति विवरण लिने गरी नजाने हो भने काम अगाडि नबढ्ने भयो । आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राख्यो भने सामान्य तहसम्म सम्पन्न हुनुपर्छ । होइन भने बदनाम हुने अवस्था आउनु भएन ।’
यसको साथै उनले नयाँ भवन अहिले प्रयोगमा आएको नयाँ प्रविधिको प्रयोग गर्ने हिसाबको निर्माण हुनुपर्ने बताए । 

सोही छलफलमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन जस्तो कुरा राष्ट्रिस्तरको परियोजना भएको भन्दै यसको काम अझै तीव्रताका साथ सम्पन्न गर्ने प्रयास गर्ने बताए । 

उनले भने, ‘भवन निर्माण  किन ढिलाइ भइरहेको छ । के समस्या छ त्यसको बारेमा जानकारी भए त्यसबारेमा छलफल गर्ने र निर्माणमा आएका अवरोधहरू हटाउन पहल गर्न सक्छौ । राष्ट्रिस्तरको नै परियोजना हो । म भर्खर आएको छु अब यो काम अझै तीव्रताका साथ सम्पन्न गर्ने प्रयास गर्नेछु ।’ 

उक्त छलफलमा आफ्नो धारणा राख्दै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ संसद् भवन २१ औँ शताब्दीको प्रविधिसहित सुविधा सम्पन्न हुनुपर्ने बताए । उनले भने, ‘भवन निर्माण सम्पन्न गर्नका लागि  समय थप गरेका छौँ । तर त्यसको आधार के हो । अहिले एउटा संसद् भवन बनायौँ जनस्तरबाट गाली गर्ने खालको अवस्था भयो भने के हुन्छ ? यस विषयलाई पनि सोच्न आवश्यक छ । हामी २१ औँ शताब्दीमा छौ भन्ने अनुभूति दिने खालको प्रविधिहरू पनि भवनमा हुन आवश्यक छ ।’ 





  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया